श्रावण २०, २०८३ बुधबार August 5, 2026

रसुवामा १५ सयभन्दा बढी छात्रालाई एच पी.भी खोप लगाइने

खोप अभियान माघ २२ गतेदेखि फागुन २ गते सम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । रसुवा जिल्लाको ५ गाउँपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १५ सय ७७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पी.भी खोप लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झम प्रसाद आर्चायका अनुसार फ्रेब्रुवरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सर विरूद्व (एच.पी.भी खोप) लगाउन लागिएको र पहिलोपटक अभियान कै रूपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लागाइने बताएका छन् ।

सरकारबाट नै पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने प्रमुख आर्चायले बताए ।

उनका अनुसार जनस्वास्थ्य कार्यालय रसुवाले एच.पी.भी खोप अभियान २०८१ वारेमा जिल्ला खोप समन्वय समिति पदाधिकारी हरूको अभिमुखिकरण तथा पत्रकार तथा सञ्चारकर्मी हरुबीच भएको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा जानकारी गराई उक्त खोप अभियान माघ २२ गतेदेखि फागुन २ गते सम्म सञ्चालन हुने जानकारी गराइएकाे थियाे ।

उक्त खोप गोसाईकुण्ड गाउँपालिकाभित्रका विद्यालयका २सय ४६ जना आमा छोदिङमो गाउँपालिकाका १ सय ३३ जना कालिका गाउँपालिकाका ४ सय ८२ जना, उत्तगया गाउँपालिकाका २ सय ५७ जना, नौकुण्ड गाउँपालिकाका ४ सय ५९ जना जम्मा १५ सय ७७ जना र विद्यालय नगएका १० देखि १४ वर्षका १ सय ९ जना किशोरि रहेका छन । सवै स्थानीय तहहरूमा आवश्यक तयारी भइरेकाे बताइएकाे छ ।

प्रमुख आर्चायले भने -स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक तालिम तथा अभिमुखिकरण प्रदान गरिसकेका छौ ।

यो खोप सरकारले आ,व २०८२/ ०८३ देखि नियमित रूपमा लगाउने कार्यक्रम गर्दै छ । सोही अनुरूप आगामी वर्षमा १४ वर्षमाथि उमेर समुहलाई पनि यो खोप आउनेसमेत बताइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार