भाद्र ६, २०८३ शनिबार August 22, 2026

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । संघीय सांसद अन्तर्गतको राष्ट्रिय सभामा नेपाल सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैदको प्रावधान गरिएको छ। यो विधेयक मन्त्रिपरिषद्को पछिल्लो बैठकले पारित गरी संसदमा दर्ता गरेको हो। संसदले पारित गरेपछि यो ऐनका रूपमा लागू हुनेछ।

विधेयकले मुलुकभित्र सञ्चालन हुने सबै सामाजिक सञ्जाललाई दर्ता अनिवार्य गरेको छ। कुनै पनि सामाजिक सञ्जालले अनुमति प्राप्त नगरी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। दर्ता भएका प्लेटफर्महरूले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता, सामाजिक सद्भाव र सांस्कृतिक तथा धार्मिक एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेमा २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना र अनुमतिपत्र खारेज गरिने व्यवस्था गरिएको छ।

राष्ट्रिय स्वाभिमान, शान्ति सुरक्षा र सामाजिक सद्भाव भड्काउने सामग्री सामाजिक सञ्जालमा अपलोड गर्न पूर्णतः निषेध गरिएको छ। त्यस्ता सामग्री प्रसारण भएमा सरकारलाई ती सामग्री हटाउन निर्देशन दिने अधिकार हुनेछ। सामग्री हटाउन इन्कार गरेमा, अनुमतिप्राप्त व्यक्तिलाई पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख गरिएको छ।

सामाजिक सञ्जालको प्रयोगमा वास्तविकता कायम गर्न, फेक आइडीमार्फत खाता खोल्न नपाइने प्रावधान राखिएको छ। साथै, प्रयोगकर्ताले आफ्नो वास्तविक परिचय खुलाएर मात्र सामाजिक सञ्जाल प्रयोग गर्न पाउनेछन्। यसले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्लेटफर्ममार्फत हुने सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने प्रावधान विधेयकमा समावेश गरिएको छ। कानुन उल्लंघन गरेमा प्लेटफर्म सञ्चालन गर्ने संस्थालाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। यसले सामाजिक सञ्जालमा हुने वित्तीय अपारदर्शितालाई रोक्ने सरकारको प्रयासलाई मद्दत गर्नेछ।

विदेशी सामाजिक सञ्जालहरूका लागि विशेष प्रावधान पनि विधेयकमा समावेश गरिएको छ। नेपालमा सञ्चालन हुने विदेशी प्लेटफर्महरूले तीन महिनाभित्र मुलुकभित्र सम्पर्क विन्दु तोक्नुपर्ने व्यवस्था गरिएको छ। कानुन विपरीत सामग्री प्रसारण भएमा सरकारलाई ती सामग्री हटाउन निर्देशन दिने अधिकार हुनेछ। निर्देशन पालना नगरेमा, सम्पर्क विन्दु वा अनुमतिप्राप्त व्यक्तिलाई पटकपिच्छे पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार