असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान पुगेको छ : पूर्वराष्ट्रपति भण्डारी

गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), १५ माघ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ ।

इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।”

जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा नेपाल सरकारको उल्लेखनीय लगानी भए पनि शैक्षिक प्रणालीमा अपेक्षित उपलब्धि गर्न सकिएको छैन । सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारले थप पहल गर्नुपर्नेछ ।”

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार