कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, १६ माघः राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताउनुभएको छ । आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले शिक्षालाई प्राविधिक, गुणस्तरीय र व्यवस्थित गर्दै समयअनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै यसमा सबैले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कति पनि विचलित नभई आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले आफू ४८ वर्षदेखि राजनीतिमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, सञ्चारलगायत पूर्वाधार पुगेको छ, ग्रामीण विकासको लहर आएको छ । विकासको मेरुदण्डका रूपमा रहेका युवाहरू विदेश पलायन हुनबाट रोक्न गुणस्तरीय शिक्षा दिनुपर्छ । स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।”

राष्ट्र भन्नु नै जनता रहेको र जनता यसरी बाहिरिरहे मुलुक उजार अवस्थामा पुग्ने जनाउँदै राष्ट्रपति पौडेलले युवालाई स्वदेशमा रोक्न रोजगारी आवश्यक रहेको धारणा राख्नुभयो । ठूलो त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतन्त्र गणतन्त्र शासन प्रणालीको जगमा राष्ट्रको सांस्कृतिक, सामाजिक, आर्थिक विकास हुने उहाँको भनाइ छ ।

अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राजनीतिक दलहरू एकजुट भएर आपसी सहकार्य र समन्वयबाट मुलुकको विकास गर्ने बेला आएको बताउनुभयो । सबै एकजुट भएर सुशासन कायम गर्दै देश विकासका लागि भ्रष्टाचार, विकृति, विसङ्गति हटाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार