असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सेरिड वीच सम्झौता पत्रमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) वीच सम्झौता भएको छ । शैक्षिक विकास तथा अनुसन्धान केन्द्र (सेरिड) नेपालमा शिक्षाको क्षेत्रमा काम गर्ने एक अग्रणी राष्ट्रिय अनुसन्धान केन्द्रको रूपमा रहेको छ ।

गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ स्थापना भएको यस केन्द्रले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, अनुसन्धान, शैक्षिक प्रवर्तन र समय सान्दर्भिक विषयहरूमा आधारित अध्ययन अनुसन्धानहरू गर्दै आइरहेको छ ।

मिति २०८१ माघ ०७ गते एक विशेष कार्यक्रमका वीच मन्त्रालयको तर्फबाट सहसचिव शिवकुमार सापकोटा तथा सेरिडको तर्फबाट कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरज्यूले सम्झौता पत्र (MoU) मा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार मन्त्रालय मातहत/सम्बद्ध निकाय एवम् संस्थाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका अध्ययन अनुसन्धान, नीति तथा योजना निर्माण, पाठ्यक्रम मूल्याङ्कन, विद्यार्थी सिकाइ उपलब्धी परीक्षण, विद्यालयको कार्यसम्पादन परीक्षण, उच्‍चस्तरीय सेमिनार, गोष्ठी व्यवस्थापन, विद्यालयस्तरको परीक्षा सञ्‍चालन व्यवस्था र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम लगायतका कार्यक्रमहरू कार्यान्वयन प्रणालीमा सुधार एवम् जवाफदेहिता अभिवृद्धि गर्न सेरिडसँग अनुसन्धानात्मक सहयकार्यका लागि सहजीकरण गर्ने साथै समझदारी-पत्र कार्यान्वयनका लागि मन्त्रालयले आफू मातहत/सम्बद्ध निकायहरूलाई आवश्यक निर्देशन एवम् सहजीकरण गर्ने कुरा उल्लेख गरेको छ ।

सेरिडले मन्त्रालयको अग्रसरतामा प्रस्तावित सहकार्य तथा साझेदारीका क्षेत्रमा उच्‍च विज्ञता र व्यावसायिक उत्कृष्टता प्रदान गर्ने, मन्त्रालयबाट प्राप्त अनुसन्धान लगायतका परियोजना सम्पन्न भएपछि तोकिएको प्रतिवेदन अथवा दस्तावेजको यथोचित प्रचार प्रसार गर्ने तथा समझदारी-पत्र कार्यान्वयनका लागि त्रि.वि. प्रशासन, शिक्षाशास्‍त्र संकाय लगायतका सम्बन्धित निकाय र क्याम्पससँग आवश्यक समन्वय गर्ने कुरा सम्झौतामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार