श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायिका ईश्वरी बरालको ‘नैना रेशम’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। गायिका बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरे भने सम्पादन विकास ढकालले गरेका हुन्।

सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि ‘खानदानी छोरी’, ‘हरेक रात सपनीमा’,’नरिसाउन होइ’लगायतका गीत गाएकी छन्।

भिडियो सहितः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया