असार २१, २०८२ शनिबार July 5, 2025

अज्ञात रोगले पशुधनमा ठुलो क्षति

प्रदेश र सङ्घीय सरकारको विशेषज्ञ टोलीले यसबारे थप अनुसन्धान गरेर रोग नियन्त्रणमा पहलकदमी गरिदिन अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाममा चराउन ल्याएका भेडाबाख्रा झोव्रmाउने, मुखबाट फिँज काढ्ने, तुहिने, रगत छादेर मर्न थालेपछि स्थानीय किसान गोठै रित्तिने चिन्तामा परेका छन् ।

मरेका भेडाबाख्राको पेट चिरेर हेर्दा आन्द्रामा घाउ भएको र पाकेको, मलद्वारबाट रगत बगाएको जानकारी अछाम पुगेर प्रारम्भिक उपचार गरिरहनुभएका पशु चिकित्सक डा. पद्म पाण्डेले बताउनुभयो ।

यस्तो समस्या चरिचरनको समयमा विषालु घाँस खाएको समय हुन सक्ने आकलन गरिए पनि खास कारण भने पत्ता लाग्न नसकेको डा. पाण्डेले बताउनुभयो । उहाँले प्रदेश र सङ्घीय सरकारको विशेषज्ञ टोलीले यसबारे थप अनुसन्धान गरेर रोग नियन्त्रणमा पहलकदमी गरिदिन अनुरोध गर्नुभयो ।

भेडाबाख्रामा देखिएको रोगका कारणले कम्तीमा ९१ लाख रुपियाँको आर्थिक नोक्सानी किसानले बेहोरिसकेका छन् । सो भेडाबाख्राको न्यूनतम मूल्य २५ हजार मापन गर्दा पनि मरेका भेडाबाख्राबाट ५७ लाख, तुहिएका भेडाबाख्राको क्षति सात हजारको दरले २३ लाख र पहिलो चरणमा ३५ सय भेडाबाख्राको उपचारमा न्यूनतम ३०० रुपियाँ खर्च हुँदा १० लाख भएको र कुल ९१ लाख रुपियाँको क्षति भइसकेको पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो ।

पहिलो पटक पुस १३ गते देखिएको सो रोगका कारण भटाभट भेडाबाख्रा मर्न थालेपछि बाजुराबाट अछाममा भेडाबाख्रा चराउन आएका पशुधनीले बुढीनन्दा नगरपालिकामा गुहार मागेको थियो । त्यसपछि छिमेकी जिल्लामा पुगेर उपचार थालेको डा. पाण्डेले भन्नुभयो । उहाँ सोही नगरपालिकाको पशु चिकित्सक हुनुहुन्छ ।

पुस १३ गतेदेखि अछाम जिल्लाको मेललेख, मङ्गलसेन, चौरपाटी, पूर्वीचौकीमा देखिएको सो रोगले स्थानीय किसान छिरिङ गुरुङको मात्रै १०५ वटा भेडाबाख्रा मारिसकेका छन् । त्यस्तै प्रेम महताराको २२, जाढचौ थापाको ३५, सरपलाल गुरुङको १२, प्रेमछिरिङ गुरुङको ४२ र कर्ण गुरुङको १५ वटा भेडाबाख्रा मरिसकेका छन् । भेडाबाख्रा बिरामी हुनेव्रmम बढेको उहाँले उल्लेख गर्नुभयो ।

कृषकलाई समस्या परेपछि अछामकै  डा. हुमनाथ पाण्डेको नेतृत्वमा टोली पुगेको छ । पशु चिकित्सकको टोलीले मृतक पशुको नमुना शनिबार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी पठाएको छ ।

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. शाहीका अनुसार सो ठाउँमा करिब तीन हजार ५० भेडाबाख्रा चरिचरनका लागि बाजुराबाट अछाम ल्याइएका थिए । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार