कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर, २१ माघ : भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।

पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका चार सय ४४ विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उहाँको भनाइ छ । वडाले रु चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

“पठनपाठनमा सहजतासँगै वडाभित्रका विद्यालयबीच एक रुपता ल्याउनको लागि पोसाक वितरण गरिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हालसम्म दुईवटा विद्यालयमा वितरण गरिसकेका छौँ । माघ २३ गतेभित्र सबै विद्यालयमा वितरण गरिसक्छौँ । यसले विद्यार्थीको सरसफाइ तथा खेलकुद प्रतियोगितामा सहभागिताका लागिसमेत सहजता थप्ने हामीले अपेक्षा लिएका छौँ ।”

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उहाँको भनाइ छ ।

गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । समाज सुधारको मुख्य सूचक शिक्षा रहेकाले यहाँका सामुदायिक विद्यालय भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनाबद्ध रुपमा गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

“समाज सुधारको मेरुदण्ड नै शिक्षा हो” अध्यक्ष राईले भन्नुभयो,“हामीले नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ । यहाँको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले योजनबद्ध रुपमा काम गरिरहेको छ । विद्यालयको भौतिक निर्माणसँगै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार