काठमाण्डाैंः गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोले घर पुरिदा एकैघरका चारजनाको ज्यान गएको छ ।
गए राति करिब आठ बजेको समयमा परेको अविरल बर्षाका कारण टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो।
राजु बोटे रोजगारीको लागि भारतमा छन् । अहिले उद्वारको लागि स्थानीयको साथसाथै इलाका प्रहरी कार्यालय, रिडी र इलाका प्रहरी चौकी, जुहाङ्गको समूह घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
अविरल बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले बताए । हाल ‘पहिरोबाट शव निकालिएको छ। पोष्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ,’ खड्काले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया