असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूत श्मुलिक आरीको भेटवार्ता

विपिनको सकुसल रिहाइका लागि पहल गर्न सभाध्यक्षको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गर्नुभएको छ ।

आज आफूसँग भेट गर्न आउनुभएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उहाँले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताउनुभयो ।

भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै आज बिहान मात्रै विपिनका बुवा लगायत परिवारका सदस्यलाई भेटेको सुनाउनुभयो ।

हमासको आक्रमण लगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया