भाद्र ६, २०८३ शनिबार August 22, 2026

टेलिकमको इ-सिम र भोवाईफाई सेवा सुरु

कुनै पनि मोबाइल फोनबाट वाईफाई नेटवर्क मार्फत टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस र एसएमएस सेवा प्रयोग गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल टेलिकमले आजदेखि इ–सिम सेवा उपलब्ध गराउन थालेको छ। यस सेवा मार्फत अब ग्राहकहरूले टेलिकम एप र वेबसाइटबाटै इ–सिम प्राप्त गर्न सक्नेछन्। टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीले जानकारी दिएकी छिन् कि उक्त सेवा टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको हो।

अहिलेसम्म इ–सिम प्राप्त गर्नका लागि ग्राहकहरूले काउन्टरमा जानुपर्ने बाध्यता थियो, तर अब नेपाल टेलिकमका ग्राहकहरूले यस सेवा टेलिकम एप र वेबसाइटमार्फत सजिलै प्राप्त गर्न सक्नेछन्।

इ–सिम भनेको एक भर्चुअल (इलेक्ट्रोनिक) सिम हो जसले भौतिक सिमकार्डको आवश्यकता हटाउँछ। यसका लागि ग्राहकले इ–सिम सपोर्ट गर्ने मोबाइल फोन प्रयोग गर्नुपर्छ र यसबाट फोन गर्न, डाटा चलाउन जस्ता विभिन्न कार्य गर्न सकिन्छ। साथै, इ–सिमको प्रयोग गरेपछि सिमकार्ड परिवर्तन गर्ने आवश्यकता हुँदैन।

साथै, आजै नेपाल टेलिकमले भोवाईफाई सेवाको व्यावसायिक सुरुआत पनि गरेको छ। यो सेवा मार्फत भोवाईफाई सपोर्ट गर्ने र भोल्ट (VoLTE) सेवा पनि सुरु गरिएको छ। यस प्रविधिमा कुनै पनि मोबाइल फोनबाट वाईफाई नेटवर्क मार्फत टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस र एसएमएस सेवा प्रयोग गर्न सकिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार