श्रावण २०, २०८३ बुधबार August 5, 2026

कर्णालीमा एक लाख २० हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णालीमा आजदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ।

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबेँसी नगरपलिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा आज खोप अभियान शुभारम्भ गरे। उनले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य समस्याका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले अपांगता भएका व्यक्तिको हकमा बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको सुनाए। दीर्घरोग उपचारका लागि समेत सरकारले योजना निर्माण गरिरहेको उनले जानकारी दिए।

खोप अभियानका क्रममा कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार