श्रावण २०, २०८३ बुधबार August 5, 2026

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री पौडेल

क्यान्सर उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले  भन्नुभयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।”

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलब्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ ।

पोखरा महानरपालिका क्षेत्रमा एचपिभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ । आगामी फागुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवकहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । वडाध्यक्ष सन्तोष बाँस्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको पारिवारिक बिमा गर्ने गरिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार