असार २६, २०८२ बिहिबार July 10, 2025

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा.सुवासप्रसाद आचार्य

छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. सुवासप्रसाद आचार्य र महाराजगञ्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. सुरेश उप्रेती नियुक्त हुनुभएको छ ।

छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त गरिएको हो ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई छनोट गरेको थियो । जसमा प्रारम्भिक सूचीमा प्रा.डा घनश्याम गुरुङ, प्राडा नरमाया थापा सह प्रा डा गोपाल सेडाईं, र प्रा डा सुवासप्रसाद आचार्यलाई छनोट गरेको थियो ।

त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि प्रारम्भिक चरणमा ५ जना छनोटमा परेका थिए ।

डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्य उहाँहरूको कार्यकाल ४ वर्ष रहने छ । 

त्रिविमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को आधारमा कार्यकारी निर्देशकको नियुक्ति गर्ने व्यवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार