असोज २८, २०८३ बुधबार October 14, 2026

लोक सङ्गीतका नक्षत्र लाल बहादुर गन्धर्वको निधन

गन्धर्वको निधनसँगै नेपाली लोक सङ्गीतको एक युगको समाप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कुशल सारंगी वादक एवं बरिष्ठ लोकगायक लाल बहादुर गन्धर्वको बिहीबार ७९ वर्षको उमेरमा निधन भएको छ।

लोक सङ्गीत क्षेत्रमा अनुपम योगदान दिनुहुने गन्धर्व समुदायका प्रमुख व्यक्तित्व गन्धर्वको निधनसँगै नेपाली लोक सङ्गीतको एक युगको समाप्त भएको छ। उहाँका संगीत, लाइभ कर्खा र मङ्गल गीतहरूले नेपाली लोक सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको थियो।

पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायतका अनेकन कर्खा, सवाई उहाँले रेडियो नेपालमा गाउनुभएको उहाँको गायन र सारङ्गी वादनले राष्ट्रिय स्तरमा ख्याती कमाउनुभएको थियो ।

लाल बहादुर गन्धर्वको जन्म २००२ सालको वैशाख १४ गते गोरखामा  भएको थियो। ९ वर्षको उमेरदेखि सारङ्गी बजाउन थाल्नुभएका गन्धर्वले २०११ सालबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो। २०२२ सालमा राजा महेन्द्रको अगाडी भूमी सुधारको गीत गाएर रेडियो नेपालमार्फत लोक सङ्गीतको क्षेत्रमा योगदान गर्न थाल्नुभएका गन्धर्वले नेपाली सङ्गीतलाई बचाउन र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो।

उहाँका प्रमुख योगदानहरू :

२०२२ साल असार २२ गते “खरबारीको छेउ” – पही नेपालमा रेकर्ड भएको गीत जसले नेपाली लोक सङ्गीतको प्रशंसा प्राप्त गर्यो।

पृथ्वी नारायण शाहको नेपाल एकिकरण सम्बन्धी कर्खा – नेपालको ऐतिहासिक महत्त्वका विषयमा आधारित गीत।

१९९० सालको भूकम्प सम्बन्धी गीत – भूकम्पको पीडालाई उजागर गर्दै जनतालाई साहस र समर्पणको सन्देश दिएको गीत।

जंगबहादुर राणाको बेलायत यात्रा – ऐतिहासिक राणाका जीवनवृत्तसँग सम्बन्धित गीत।

डाँफे चरीको जीवनी – नेपाली लोक सङ्गीतको ऐतिहासिक कृति।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपभोक्ता हित संरक्षण र यातायात व्यवस्थापनमा प्रदेश सरकारको जोड
२०८३ असोज २८, बुधबार
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
२०८३ असोज २८, बुधबार
विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा
२०८३ असोज २८, बुधबार
चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
२०८३ असोज २८, बुधबार
नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो
२०८३ असोज २८, बुधबार
स्वास्थ्य मन्त्रालयद्धारा सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन पत्राचार
२०८३ असोज २८, बुधबार
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार