असार २१, २०८२ शनिबार July 5, 2025

चिनीमा ठूलो झेल, १५ दिनमै साँढे २६ करोड भन्सार छली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ ।
सरकारले बाहिरबाट आयात हुने चिनीको प्रतिमेट्रिक टन भन्सार महसुल ५० प्रतिशतभन्दा कम नहुने गरी लिने गरेको छ । तर, व्यापारीहरूले भन्सार छली गर्दै अवैध रूपमा भन्सार नाकाबाट चिनी ल्याउने गरेका छन् । हाल प्रतिमेट्रिक टनको मूल्य ४३६ अमेरीकी डरले पर्न जान्छ । हाल अमेरिकी डलर १ रुपैयाँ बराबर नेपाली १ सय २० रुपैयाँ हुन्छ । सो मूल्य नेपाली रुपैयाँमा हिसाब गर्दा प्रतिमेट्रिक टन चिनीको मूल्य २५ हजार ३ सय २० रुपैयाँ पर्न जान्छ ।

१ लाख २ हजार मेट्रिक टन चिनीको मूल्यसँग हिसाब गर्दा ५ अर्ब ३३ करोड ६६ लाख ४० हजार हुन जान्छ । सो चिनीको मूल्यलाई ५० प्रतिशतका दरले हिसाब गर्दा २६ करोड ६३ लाख २० हजार भन्सार महसुल लिनुपर्ने हुन्छ । तर, त्यसरी सो रकम लिएको नदेखिँदा चिनी आयातमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ ।

कर्मचारीहरूको मिलेमतोमा यसरी करोडौं रुपैयाँको भन्सार छली गरेर व्यापारीहरूले चिनी आयात गरेर ल्याउने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनका अनु्सार स्वदेशी उद्योगीसँग र साल्ट टे«डिङ कर्पाेरेसनसँग चिनीको मौज्दात कम भएको फाइदा लिँदै व्यापारीले अवैध रूपमा चिनी आयात गरी प्रतिकेजी ९० रुपैयाँमा बिक्री गरेर उपभोक्तालाई ठग्दै आएका छन् ।

हाल स्वदेशी उद्योगीसँग चिनी करिब ४० हजार मेट्रिक टन मात्र मौज्दात छ । यसैगरी, साल्ट टे«डिङ कर्पाेरेसनसँग चिनीको मौज्दात अत्यन्त न्यून छ । त्यसको फाइदा उठाउँदै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी अवैध रूपमा आयात गरेको चिनी महँगोमा विक्री गरेको महर्जनले बताए ।

सरकारले स्वदेशी चिनी उद्योगीहरूलाई बचाउन भन्दै अदूरदर्शी तरिकाले विदेशबाट आयात हुने चिनीमा विभिन्न किसिमको बाधा अवरोध खडा गर्ने कामबाट चोरी तस्करी भई ठूलो परिमाणमा चिनीको आयात हुने गरेको अध्यक्ष महर्जनको भनाइ छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
२०८२ असार २१, शनिबार