असार २६, २०८२ बिहिबार July 10, 2025

धादिङको कुरी स्वास्थ्य चौकी-वर्थिङ्ग सेन्टर भवनको शिलान्यास

भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ ।

आज संविधान सभा सदस्य दिलमान पाख्रिन,  खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो ।

‘ ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ ।

भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेना गृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुने छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको राजदूतावासले बताएको छ ।

स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्ने बताइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको  राजदूतावासले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार