श्रावण २०, २०८३ बुधबार August 5, 2026

रेयूकाईको बर्दघाटमा आँखा उपचार केन्द्र सञ्चालन

विभिन्न विद्यालयहरूमा आँखा शिविरको आयोजना गरी १ सय जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका–४ मा रुयूकाईद्वारा सञ्चालित आँखा उपचार केन्द्र आजबाट बिधिवत रुपमा सञ्चालनमा आएको छ ।

देशका विभिन्न ठाउँहरूमा आँखा उपचार केन्द्र सञ्चालन गरेको रेयुकाईले ५ औ आँखा उपचार केन्द्रको रुपमा बर्दघाट बाट आफ्नो सेवा शुभारम्भ गरेको हो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उपचार केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । नगर प्रमुख श्रेष्ठले आँखा उपचार केन्द्रबाट बर्दघाट नगरपालिकाका ८० हजार जनसङ्ख्याले लाभ लिन सक्ने बताउनुभयो ।

रेयुकाई मासुनागा अस्पताल काभ्रेका महासचिव हीरामणि शर्माले संस्था नाफामुखी नभएकाले अत्यन्तै न्युन मूल्यमा सेवा प्रदान गरिने बताउनुभयो । दक्ष दृष्टि चिकित्सकबाट उपचार हुने उक्त उपचार केन्द्रमा चश्मा बनाउनका लागि अत्याधुनिक मेसिन समेत उपलब्ध रहेको जानकारी दिनुभयो ।

संस्थाले बर्दघाट नगरपालिकाका विभिन्न विद्यालयहरूमा आँखा शिविरको आयोजना गरी १ सय जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा वितरण गरेको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडाअध्यक्षहरु बेदविना तिवारी, बिमला गुरुङ ,रेयुकाई बर्दघाटका अध्यक्ष चेतनारायण पाण्डेले आँखा संवेदनशील भएकाले उपचारमा आम नागरिकको पहुँच पुर्‍याउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार