श्रावण २०, २०८३ बुधबार August 5, 2026

अर्थोपेडिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट १२५ जना लाभान्वित

एक सय २५ जनाले निःशुल्क परीक्षण तथा ५ जनाले निःशुल्क अप्रेसन सेवा पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेशनल अर्थोपेडिक हस्पिटलको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६ जिल्लाका विपन्न नागरिकले सेवा पाएका हुन् । शिविरमा दैलेख, कालीकोट, सुर्खेत, बाँके, अछाम लगायत जिल्लाका हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका एक सय २५ जनाले निःशुल्क परीक्षण तथा ५ जनाले निःशुल्क अप्रेसन सेवा पाएको विशेषज्ञ डा. शैयद सद्दाम हुसैनले बताउनुभयो ।

आर्थिक अभावमा काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै निःशुल्क शिविर आयोजना गरिएको अस्पतालका सञ्चालक एवं हाडजोर्नी नशा रोग विशेषज्ञ डाक्टर सद्दामले बताउनुभयो ।

नेशनल अर्थोपेडिक हस्पिटलले नागरिकहरूको माग बमोजिमको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ भने अतिविपन्न नागरिकहरूलाई निःशुल्क रुपमा उपचार गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार