श्रावण २०, २०८३ बुधबार August 5, 2026

सर्लाहीमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप प्रदान

माघ २३ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १८ हजार जना किशोरीले खोप लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । सर्लाहीमा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ५ दिनमा लक्ष्यको ६५ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार माघ २३ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १८ हजार जना किशोरीले खोप प्राप्त गरेका छन् ।

स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुशील झाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरू विद्यालयमै गएर खोप लगाइरहेका छन् भने अभिभावकहरूलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी प्रदान गरिएको छ ।

सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै छ । सर्लाहीको २० पालिकामा मध्ये पहिलो चरणमा १० पालिकामा क्यान्सर विरुद्धको खोप सुरु भएको हो । लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा, हरिपुर्वा, मलंगवा, कौडेना, हरिपुर र कविलासी लगायतको पालिकामा एकै साथ क्यान्सर विरुद्धको एचपिभी खोप सुरु गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले फाल्गुन १ देखि ७ गते सम्म दोस्रो चरणको खोप बाँकी रहेको १० पालिकामा लगाइने बताउनुभयो । मानव पेपिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक भएकाले यसबाट जोगिन एचपीभी खोप प्रभावकारी उपाय मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि किशोरीहरूलाई यो खोप लगाउन सिफारिस गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार