श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खोप विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसकेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन । यो सुरक्षित र प्रभावकारी भएकाले ढुक्कले लगाउन अनुरोध छ ।”

फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको समेत शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।  “खोपबाट कोही नछुटुन् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनक रूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन”, उहाँले भन्नुभयो ।

डा गौतमकाअनुसार आजसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएका छन् । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान माघ २२ गतेदेखि सुरु गरिएको हो ।

प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ७१ दशमलव एक प्रतिशत, मधेसमा ४१ दशमलव चार, बागमतीमा ६० दशमलव आठ र गण्डकीमा ७१ दशमलव तीन प्रतिशत खोप लगाइएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६८ दशमलव छ, कर्णालीमा ६३ दशमलव छ, सुदूरपश्चिममा ७५ दशमलव १ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलव १ प्रतिशत खोप कभरेज भएको शाखाको उपलब्ध तथ्याङ्कमा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब १७ लाख अर्थात् १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा छदेखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदै छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार