असार २६, २०८२ बिहिबार July 10, 2025

भरतपुर अस्पतालमा बिरामीका लागि ‘सटल बस’

फागुन १ गते अर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निःशुल्क सटल (छोटो दुरीमा चल्ने)बस सञ्चालन गर्ने भएको छ ।

फागुन १ गते अर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । उहाँले भन्नुभयो, “नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिन लागिएको हो ।”

अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको बसलाई सटल बसका रुपमा सञ्चालन गर्न ल्याइएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ । पौडेलका अनुसार अस्पतालमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।

चितवनसहित १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको यस अस्पतालमा आउने बिरामी र तिनका आफन्तले समयमा अस्पताल आउने सवारी साधन नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटल बस सञ्चालनमा ल्याएको पौडेलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया