श्रावण २०, २०८३ बुधबार August 5, 2026

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु

प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरिमै नवौं अस्पताल रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, फागुन २ गते । गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ ।

अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।

विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटनाले यो प्रणालीले नागरिकलाई सहज हुने बताउँदै उच्चतम प्रयोग गरेर सेवा लिन नागरिकलाई आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरिमै नवौं अस्पताल रहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा यो प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ । टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधीलगायत विवरण ईएमआर प्रणालीमार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो ।

ईएमआर प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनेगरी र जनताले सरकारको महसुस गर्नेगरी काम गरिरहेको दाबी गर्नुभयो ।

यस्तै, मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जिपीएस जडान गर्ने, शुल्कसहितको नागरिक वडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरको नाम देखिने गरी प्राइभेट अस्पतालको बोर्डमा नाम राख्ने काम बन्द गर्ने लगायतका कामहरु सुरु गरेको र यसको प्रभावकारिता सकारात्मक देखिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार