असार २४, २०८२ मंगलबार July 8, 2025

देउराली आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न

शिक्षाको गुणस्तर बढाउन नसके करोडौं खर्चेका भवनको उपलब्धि नहुने पूर्वशिक्षामन्त्रीको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ४ फाल्गुन । बागलुङ नगरपालिका –४, ओडारचौरमा निर्माण सम्पन्न देउराली आधारभूत विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले  एक कार्यक्रमकाबीच विद्यालय भवनको उदघाटन गरेका हुन्  ।

सो अवसरमा बोल्दै पौडेलले शैक्षिक क्षेत्रहरू भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकाले अब शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षाको गुणस्तर बढाउन नसके करोडौं खर्चेका भवनको उपलब्धि नहुने उनको भनाइ थियो ।

राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत दुई वर्षअघिको ५० लाख बजेटबाट विद्यालय भवन निर्माण गरिएको हो ।

हालै निर्माण सम्पन्न विद्यालय भवन उद्घाटन गरिएको हो । शिक्षामन्त्री हुँदा पौडेलले विद्यालयको भवनका लागि रकम विनियोजन गराउनुभएको थियो । पछिल्लो समय सामुदायिक विद्यालय विद्यार्थी अभावमा खाली भएकाले गुणस्तर बढाउने र बालबालिकालाई सामुदायिक विद्यालयमा टिकाउने वातावरण बनाउन समुदाय र शिक्षकले नै प्रभावकारी भूमिका खेल्न पौडेलले आग्रह गरेका छन् ।

कार्यक्रममा विद्यालय निर्माणमा भूमिका खेलेका अभिभावक र पूर्व शिक्षकलाई उक्त अवसरमा सम्मान गरिएको थियो । २०५१ सालमा स्थापना भएको विद्यालयको भवन २०७२ को भुकम्पपछि चर्केको र पुरानो भवन भएकाले नयाँ निर्माण गरिएको शिक्षक उमाकान्त शर्माले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार