कार्तिक २२, २०८३ आइतबार November 8, 2026

विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको पाँचौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए ।

अध्ययनकै लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले विश्वविद्यालयप्रति बढ्दो अविश्वासलाई दृष्टिगत गरी समयानुकूल व्यावसायिक र गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेशलाई आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ प्रदेश सरकारले विश्वविद्यलाय स्थापना गरेकाले त्यहीअनुरुप विश्वविद्यलाय अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालय अनुसन्धान एवं नवप्रवद्र्धनका क्षेत्रमा अघि बढेको बताए । उनले प्रदेशको आवश्यकतालाई सम्बोधन हुने तवरबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले समाज र राष्ट्रप्रति उत्तरदायी जनशक्ति निर्माण गर्नेतर्फ शैक्षिक संस्था लाग्नुपर्ने बताए । विश्वविद्यालयका रजिष्टार डा कैलाश तिमिल्सिनाले स्थापनाको छोटो अवधिमा विश्वविद्यलायले महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढेको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार