कार्तिक २२, २०८३ आइतबार November 8, 2026

भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली छात्रा मृत फेला

मृतक विद्यार्थी विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको हो ।

मृतक विद्यार्थी विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण भने खुलेको छैन।

सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

यतिबेला सामाजिक सञ्जालमा एक थ्रेड भाइरल भइरहेको जसमा प्रकृतिले ती पुरुषबाट अति नै दुर्व्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ । उनले रिपोर्ट गरे पनि कलेज प्रशासनबाट कुनै पनि सहयोग प्राप्त नभएको बताइएको छ ।

दुर्व्यवहार सहन नसकेर नै लम्सालले आत्महत्या गरेको स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको छ । आरोपित पुरुष र लम्सालबिचको भनिएको एक भ्वाइस नोट पनि भाइरल भइरहेको छ, जसमा ती पुरुषले लम्साललाई दुर्व्यवहार गरिरहेको सुन्न सकिन्छ ।

घटनापछि आक्रोशित विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । त्यस्तै, यस मामिलामा गैरजिम्मेवार प्रदर्शन गर्ने अधिकारीहरूलाई कारबाहीको माग गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन दुई प्लटुन प्रहरी नै परिचालन गर्न परेको थियो । प्रहरीले लम्सालको शव नियन्त्रणमा लिएर क्यापिटल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार जयाना राजन मोहन्टीले प्रेम सम्बन्धमा रहेको र आफ्नो पार्टनरको दुर्व्यवहार सहन नसेर आत्महत्या गरेको बताएका छन् । प्रहरीले आरोपित पुरुषलाई पनि पक्राउ गरेको उनले जानकारी दिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार