श्रावण २०, २०८३ बुधबार August 5, 2026

बैतडीमा निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुँदै

शिविरमा महिलाहरूको स्थायी बन्ध्याकरण ‘मिनिल्याप’ र पुरूषहरूको स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन( बैतडी) ९ फागुन : परिवार व्यवस्थापन अन्तर्गत सन्तानको रहर पुगिसकेका दम्पतीहरूका लागि निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । एमएसआई /सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले यही फागुन ११ गतेदेखि २७ गते शिविर सञ्चालन हुने बताउनुभयो । महिलाहरूको स्थायी बन्ध्याकरण ‘मिनिल्याप’ र पुरूषहरूको स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गरिने उहाँले जानकारी दिनुभयो ।

परिवार नियोजनको अस्थायी साधान पाँच बर्षका लागि ‘इम्पलान्ट’ र १० बर्षका लागि ‘आइयुसिडी’ समेत राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गर्ने र सन्तानको रहर पुगिसकेका दम्पत्तीहरूले शिविरबाट सेवा लिनसक्ने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन ११ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने फागुन १३ गते पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा, फागुन १५ गते पुर्चौंडीकै कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

साथै फागुन १७ गते शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्र, फागुन १८ गते पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकी, फागुन २० गते मेलौली नगरपालिकाको सलेना स्वास्थ्यचौकी र फागुन २१ गते पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिने बताइएको छ ।

यस्तै फागुन २२ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागनु २३ गते सुर्नयाकै वासुलिङ्ग स्वास्थ्यचौकी, फागुन २४ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २५ गते दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी र फागुन २७ गते डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो जनसङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत मात्र छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८ रहेको छ भने अझै प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार