बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप

विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ)। जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ। जिल्लामा रहेका दश स्थानीय तहका १४ हजार एक सय ३५ छात्रालाई उक्त खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

जिल्लाका १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाउने लक्ष्य रहेकामा करिब ९९ प्रतिशतले लगाएका कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जनाउँदै जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न भएको उल्लेख गरे।

पहिलो चरणमा व्यास र भानु नगरपालिका तथा देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका साथै दोस्रो चरणमा शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सम्पन्न भएको अधिकारीले जानकारी दिए।

विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्यसहित प्रत्येक विद्यालयमा खोप केन्द्र कायम गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार