कार्तिक २२, २०८३ आइतबार November 8, 2026

आफ्नै विद्यालयको छात्रालाइ बलात्कार गर्ने शिक्षक प्रहरी फन्दामा

परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती साढे दश बजेदेखि बिहिबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परीक्षाको प्रश्नपत्र दिन्छु भन्ने प्रलोभन देखाएर आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलत्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई सोहि विद्यालयका बिज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख वि.कले जबर्जस्ती करणी गरेको भन्ने जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती साढे दश बजेदेखि बिहिबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको आरोप लागेका शिक्षक वि.कलाई शुक्रबार नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरि र वडाका वडाअध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुरगढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो भने बालिकाको उद्धार गरेको छ ।

बलात्कार आरोपी शिक्षकलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार