श्रावण २०, २०८३ बुधबार August 5, 2026

सल्यानमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरबाट ३७२ जनाले सेवा लिए

शिविरबाट प्रयोगशाला जाँच सेवा ३५ जना, भिडियो एक्सरे सेवा ३० जना, डेण्टल सेवा २९ जनाले लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट ३७२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानले छत्रेश्वरी–६ गर्चे स्थित छत्रेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरेको शिविरबाट ३७२ जना बिरामीले लाभ प्राप्त गरेका हुन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर अर्जुन बुढा मगर सहित ७ जनाको विशेषज्ञ टोलिले बिरामीको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो ।

शिविरबाट प्रयोगशाला जाँच सेवा ३५ जना, भिडियो एक्सरे सेवा ३० जना, डेण्टल सेवा २९ जनाले लिएको स्वास्थ्य शाखा छत्रेश्वरीका प्रमुख गणेशमान डांगीले जानकारी दिनुभयो । यसैगरी ७१ जनाको भिआइए जाँच गरिएकोमा पोजेटिभ देखिएका बिरामी एकजनाको उपचार गरिएको र ७ जनालाई रिङ प्रेसरी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो

यसअघि शिविरको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्य अनुरुप गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य सेवा कार्यालयले यस प्रकारको शिविर सञ्चालन गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका  प्रमुख डाक्टर बुढा मगरले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । दीपक शर्मा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार