असार २६, २०८२ बिहिबार July 10, 2025

सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर अस्पताल सञ्चालन

हरिपुर्वामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्न मेयर साहले दिए प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर अस्पताल सञ्चालन भएको छ । अस्पताल सञ्चालनमा आएकाले भएपछि हरिपुर्वावासीले अब सरल रूपमा उपचार लिन पाउने छन् ।

नगर अस्पतालको हरिपुर्वा नगर प्रमुख विनोद साहले शनिबार उद्घाटन गरे ।

नगर अस्पतालमा डा. राजीवकुमार यादवबाट सेवा प्रदान गरिनेछ भने रेडियाग्राफर, गुणस्तरीय ल्याब, मुख तथा दन्तलगायत विभिन्न सेवा अस्पतालमा प्रदान गरिने भएको छ ।

यसअघि स्थानीयहरू सामान्य बिरामी पर्दा पनि महोत्तरी, मलंगवा, जनकपुर, वीरगन्ज र भारतका विभिन्न सहरमा उपचार गराउन जाने गरेको नगर अस्पतालले जनाएको छ । नगर प्रमुख साहले यो अस्पतालको २०६९ सालमा शिलान्यास गरिएको र भवन निर्माण हुँदा पनि अस्पताल सञ्चालन नभएको बताए ।

हरिपुर्वाको जनप्रतिनिधिको अथक मेहनत प्रयासले १५ शय्याको नगर अस्पताल सञ्चालन भएको हो । यो अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न आफूले हरसम्भव प्रयास गर्ने मेयर साहले बताए ।

हरिपुर्वामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्न मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई निर्देशनसमेत दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया