असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको बुधबार जनाइएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १२ लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६.३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा ५ लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया