श्रावण २०, २०८३ बुधबार August 5, 2026

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, १३ फागुन । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।

लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी– ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए ।

स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।

गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाइ स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताइन् ।

स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ ।

नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ ।

खैराङका साविकका वडाहरू २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह थालिएको अध्यक्ष राईले बताए ।

गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार यहाँ स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईले बताए ।

हतुवागढी गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार