बैसाख २६, २०८३ शनिबार May 9, 2026

जरायोको सिङसहित एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका– ७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया