श्रावण ८, २०८२ बिहिबार July 24, 2025

कैलालीमा आजदेखि अनिश्चितकालीन लकडाउन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज यहाँ गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेकोे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले यदि कोराना सङ्क्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने बताउनुभयो । मङ्गलबार क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।

“हामीमा पनि कोरोना सङ्क्रमण हुनसक्ने भन्ने लागिरहेको छ” प्रवक्ता चौधरीले भन्नुभयो, “जनप्रतिनिधिहरु क्वारेन्टिनको व्यवस्थापनका लागि त्यहाँ गइराख्ने, स्वास्थ्यकर्मीसँग भेटघाट भइराख्ने भएकाले जनप्रतिनिधि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको पीसीआर टेस्ट भइरहेको छ ।”

पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना सङ्क्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रहका निम्ति गाउँपालिकामा अहिले माइकिङ भइरहेको बताइएको छ ।

यसका साथै सामाजिक दूरी कायम गर्न, सबैलाई मास्क लगाउन, सरसफाइलगायतका क्रियाकलापमा ध्यान दिन पनि आग्रह गरिएको छ । वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि खोजी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
२०८२ श्रावण ८, बिहिबार
एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुदैँ, ६७ लाख डलर खर्च हुने
२०८२ श्रावण ८, बिहिबार
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली
२०८२ श्रावण ८, बिहिबार
दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार
२०८२ श्रावण ८, बिहिबार
सिरिया पुग्यो साउदी लगानी टोली, चार अर्ब डलरको सम्झौता अपेक्षित
२०८२ श्रावण ८, बिहिबार
‘सन अफ सरदारः२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी
२०८२ श्रावण ८, बिहिबार