काठमाडौँ, १४ फागुन : राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया