श्रावण २०, २०८३ बुधबार August 5, 2026

चन्द्रपुरका दश निजी अस्पताल बन्द

 दर्ता नहुन्जेल सम्मका लागि भर्ना भएका बिरामीलाई अन्यन्त्र भर्ना गरी बन्द गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित दश वटा अवैध अस्पताल बन्द भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध तथा अनधिकृत रुपमा सञ्चालनमा रहेका दशवटा अस्पताल बन्द गर्न निर्देशन दिनु भएको छ ।

उनले शनिवार अनुगमन गर्ने क्रममा दर्ता र मापदण्ड बिना सञ्चालित चन्द्रपुर नगरपालिका ११ वटा अस्पताल मध्ये दश वटा लाई बन्द गर्न निर्देशन दिएका छन्। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमन होस्पिटल एण्ड रिसर्च सेन्टर,पब्लिक लाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका हुन्।

दर्ता नहुन्जेल सम्मका लागि भर्ना भएका बिरामीलाई अन्यन्त्र भर्ना गरी बन्द गर्न निर्देशन दिएका छन् । उनले बन्द गर्न लिखित पत्र समेत दिएका छन् । उनले ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालि मात्र मापदण्ड र दर्ता गरी संचालनमा रहेको बताए । दर्ता अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गरी मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री  सतिश सिहले अनुमति बेड संख्याको आधारमा दश प्रतिशत ईमरजेन्सि बेड र दश प्रतिशत गरिब, दलित, र लक्षित बर्ग लाई उपचारमा छुट दिनु पर्ने कानुनी व्यवस्था अनुरुप दिएको हुनु पर्ने बताए । निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायतका विषयमा जानकारी माग गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार