असार २४, २०८२ मंगलबार July 8, 2025

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह फाल्गुन २३ गते

दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत, फागुन २१ गते । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।

विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा गर्ने जनाएको छ ।

२०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल ३ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्षरूपमा सहभागिता जनाउनेछन् । विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ ।

समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जनाएको छ ।

समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको समेत उपस्थित रहने छ ।

दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीनजना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीनजनालाई उपकुलपति पदक प्रदान गरिनेछ ।

त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् । विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरू दीक्षित हुनेछन् । विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार समारोहलाई भव्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार