असार २२, २०८२ आइतबार July 6, 2025

नैतिक मूल्य मान्यता समाजका मेरुदण्ड : राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ ।

राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो ।

पौडेलले भन्नुभयो, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”

उहाँले प्रकृति र मानवबिचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानव सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।

दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । उहाँले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारी र कर्तव्यपरायणको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङका नरकान्त अधिकारी तथा न्याय प्रशासनका क्षेत्रमा उच्चतम इमानदारी, कर्तव्यनिष्ठ र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित पुरस्कार उहाँहरूको योगदानको प्रतीक भएको बताउनुभयो ।

उहाँले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्राडा विद्यानाथ उपाध्याय र भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुभएका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मी निष्ठाको प्रतीक रहेको पनि बताउनुभयो । उहाँहरूले आआफ्नो क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार