असार २२, २०८२ आइतबार July 6, 2025

पर्वतमा आलु उत्पादन बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्रसमेत वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ ।

आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र निर्यात गर्दै आएका पर्वतका कृषकले यस वर्ष ८७ करोड मूल्यभन्दा बढीको आलुको उत्पादन गर्ने कृषि ज्ञान केन्द्र पर्वतको अनुमान छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीका अनुसार जिल्लाको एक हजार ४५० हेक्टर क्षेत्रफल जग्गामा आलु खेती हुने गरेको छ । प्रतिहेक्टर १५ मेट्रिक टनका दरले करिब २२ हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य छ । सरदर प्रतिकेजी ४० रुपियाँका दरले कृषकले आलु बिक्री गर्छन् । गत आव २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गरेकोमा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतको खायन आलु उत्पादन प्रवर्धन कार्यक्रममार्फत जिल्लाभरका आलु पकेट क्षेत्रका कृषक उत्पादनमा लाग्न प्रोत्साहित भएका छन् । ज्ञान केन्द्रले विभिन्न पकेट क्षेत्रमा गरी ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा एक करोड ४७ लाख लगानी गरेको छ । ज्ञान केन्द्रको लगानीमध्ये आलुको बिउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा प्याकेजिङमा ७५ प्रतिशत अनुदान दिइएको छ ।

बनौका जिमिरे दह तरकारी उत्पादन समूहका अध्यक्ष एकबहादुर केसी पोहोरभन्दा यसपालि आलु राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै मिलेको बताउनुभयो । उहाँका अनुसार आलुको ५० केजी बिउ लगाएकोमा सात क्विन्टल उत्पादन भएको छ । प्रतिकेजी ४० रुपियाँभन्दा बढीमा आलु बिक्री गर्दा आम्दानी पनि राम्रो भएको छ ।

लामो समय दक्षिण कोरियामा वैदेशिक रोजगार गरी फर्किएर आफ्नै गाउँमा सामूहिक आलु खेती उत्पादनमा लाग्नुभएका बिहादी गाउँपालिकाका ३८ बर्से कृषक शिवकुमार क्षेत्रीले गाउँमा पहिलो पटक नै सामूहिक आलु खेती गरिएको बताउनुभयो ।

जिल्लाको मोदीगाउँ पालिका आलु उत्पादनका लागि उति नै उर्वर भूमि मानिन्छ । मोदी गाउँपालिकाको वडा ४, ५, ६, ७, ९ मा पर्ने लेसपार, क्याङ, छापा, बाजुङलगायतमा करिब ४५० रोपनी क्षेत्रफलमा आठ वटा कृषक समूहले खायन आलुको खेती गरेका छन् । कुस्मा नगरपालिकास्थित आलु पकेट क्षेत्र मानिने पाङ, खुर्कोट, आर्थरलगायतका स्थानमा २२५ रोपनीभन्दा बढी क्षेत्रफलमा आलु उत्पादनमा सामूहिक रूपले कृषक जुटेका छन् ।  फलेबास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायत स्थानका कृषकले २२० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा आलु खेती गरेका छन् । त्यसै गरी दक्षिणी भेगमा पर्ने पैयुँ गाउँपालिकाको हुवास क्षेत्र, महाशीला गाउँपालिकामा छ वटा कृषक समूह आलु उत्पादनमा लागेका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलुको उत्पादन बढी हुने बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार