असार २३, २०८२ सोमबार July 7, 2025

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

मधेश कृषि विश्वविद्यालय सभाको १६ जना सिनेट सदस्यमध्ये ९ जनाले बर्खास्तको पक्षमा हस्ताक्षर गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई मंगलबार मध्यराति बर्खास्त गरिएको छ । विश्वविद्यालय सभा(सिनेट) को निर्णय भन्दै विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको हो ।

मधेश कृषि विश्वविद्यालय सभाको मंगलबार अबेर रातिसम्म जनकपुरस्थित एक होटेलमा बसेको बैठकले उपकुलपति डा.महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरेको हो । विश्वविद्यालय सभाको बैठकको अध्यक्षता शिक्षा तथा संस्कृतिमन्त्री एवं सहकुलपतिले गर्ने व्यवस्था छ । मंगलबार रातिको बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंहलाई समेत विशेष आमन्त्रितको रुपमा बोलाइएको थियो ।

मुख्यमन्त्री सिंहकै उपस्थितिमा मधेश कृषि विश्वविद्यालय सभाकी अध्यक्ष एवं सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मधेश कृषि विश्वविद्यालय सभाको १६ जना सिनेट सदस्यमध्ये ९ जनाले बर्खास्तको पक्षमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक सिनेट सदस्यले बताए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले दिएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको एक सदस्यले बताए । यद्यपि औपचारिक रुपमा उक्त प्रतिवेदन भने सार्वजनिक गरिएको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया