असार २६, २०८२ बिहिबार July 10, 2025

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

एक सातापछि फलोअपमा जानुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन । गएको आइतबार साझ उनी हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए ।

उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको उनले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया