श्रावण २०, २०८३ बुधबार August 5, 2026

सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द

गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पोखरा, बुटवल र काठमाडौँ धाउन बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्याङ्जा, फागुन २२ गते । चापाकोट नगरपालिका –२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा नागरिकको स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको अस्पताल बन्द अवस्थामा पुगेको हो ।

शेयर सदस्यबाट सञ्चालन गरिएको यो अस्पताल स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दैअएको थियो । यहाँ ६५० शेयर सदस्यले सात हजारका दरले रकम सङ्कलन गरेर पाँच रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरेर सुरु भएको थियो ।

सुरुवाती चरणमा २४ घन्टा सेवा दिँदैआएको अस्पतालले कोरोना समयमा राम्रो उपचार गरेको थियो । विभिन्न सहयोगी दाता, शेयर सदस्यबाट उठेको रकमको सदुुपयोग गर्दै १५ शय्याको अस्पतालले आकस्मिक तथा ओपिडी सेवा प्रदान गरेको थियो ।

अस्पताल प्रधावकारी बनाउन अस्पताललाई थप सेवा विस्तार गराउन सङ्घीय सरकारद्वारा नौ करोड ६८ लाखको लागतमा सुविधासम्पन्न भवन निर्माण गरिएको थियो ।

उपचारका लागि स्थानीय तथा पाल्पा, तनहुँका सेवाग्राही आउने गरेकोमा नियमित अस्पताल नचल्दा मर्कामा परेका छन् । गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पोखरा, बुटवल र काठमाडौँ पुग्नुपरेको छ ।

शेयर सदस्य र स्थानीय सरकाले स्थायी रुपमा अस्पताल चलाउन नसकेसँगै गण्डकी विश्वविद्यालयले सबै अधिकारसहित चलाउने तयारी भएको छ । विश्वविद्यालयले अस्पताल चलाउने भएपछि शेयर सदस्यले आफ्नो शेयर सहयोगमा परिणत गरेका छन् ।

यहाँका सबै जग्गाहरु तथा संरचना विश्वविद्यालयलाई हस्तान्तरण गर्नेगरी गत माघ २८ गते सम्झौता भएको वडा अध्यक्ष टीकाराम श्रेष्ठले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार