श्रावण २०, २०८३ बुधबार August 5, 2026

मुटुको शल्यक्रिया अब नयाँ प्रविधिबाट

पाँच सेन्टिमिटरको सानो प्वाल पारेर शल्यक्रिया गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २५ गते । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । महाराजगन्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया भएको हो ।

एमआइसिएबिजी प्रविधि मुटुको नसा ‘ब्लक’ हुँदा सानो प्वाल पारेर गरिने उपचार प्रविधि हो । मुटुको ब्लक खोल्दा पहिले पूरै छाती चिरेर गरिन्थ्यो भने यो प्रविधि करङको बिचबाट प्वाल पारेर गरिने नयाँ र सर्वसुलभ प्रविधि हो । मुटुको शल्यक्रिया पहिले पहिले १२ सेन्टिमिटरको प्वाल पारेर हड्डी काटेर गरिन्थ्यो भने अहिले पाँच सेन्टिमिटरको सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले एमआइसिएबिजी प्रविधिको प्रयोग नेपालमा पहिलो पटक भएको दाबी गर्नुभयो । “योभन्दा अगाडि मुटुको शल्यक्रिया गर्दा यो प्रविधि थिएन,” उहाँले भन्नुभयो, “एमआइसिएबिजी प्रविधिबाट शल्यक्रिया गर्दाका फाइदा धेरै छन् ।”

डा. भट्टराईले पहिले पहिले मुटुलाई बन्द गरेर शल्यक्रिया गरिने जानकारी दिँदै त्यसबाट अन्य अङ्गलाई समेत असर पर्न सक्ने सम्भावना हुने गरेको बताउनुभयो । “अब मुटुलाई बन्द गर्नु पर्दैन,” उहाँले भन्नुभयो, “नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा रगत आउँदैन, बिरामी छिट्टै डिस्चार्ज भएर घर जान पाउँछ ।”

उहाँले बिरामीलाई अन्य सङ्क्रमण हुने डर नहुने भन्दै नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा पहिलेभन्दा झन् सस्तो पर्ने जानकारी दिनुभयो । डा. भट्टराईका अनुसार म्याग्दे गाउँपालिका तनहुँका ४५ वर्षीय पुरुषमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको जानकारी दिनुभयो । यो प्रविधिबाट शल्यक्रिया गर्दा उपचार खर्च कम लाग्ने उहाँको भनाइ छ । डा. गजुरेलले नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया गरिएका व्यक्तिको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नसा बन्द भएको पत्ता लागेको बताउनुभयो ।

साउदीमा मुटुको नसा खोल्दा स्टेन्टिङ गरिएको जानकारी दिँदै त्यो नसा पुनः बन्द भएको र उपचार गर्न नेपाल फर्किएको बताउनुभयो । उहाँले यस प्रविधिमा परम्परागत रूपमा गरिने ओपन हार्ट शल्यक्रियामा जस्तो बिरामीको छातीमा ठुलो घाउ बनाउन नपर्ने बताउनुभयो ।  डा. भट्टराईले हाल बिरामीको अवस्था सामान्य रहेको र बिरामीलाई आइसियुबाट वार्डमा सारिएको जानकारी दिनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार