असार २०, २०८२ शुक्रबार July 4, 2025

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गरे शुभारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नुवाकोटको विदुर नगरपालिका-५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ शय्याको अन्तरंग सेवा (अस्पताल) सञ्चालनमा आएको छ ।

स्थापनाको करिब तीन दशकसम्म बहिरंग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ शय्याको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन उनले दिए ।

“आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गदाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु”, उनले भने, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पुर्‍याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पुर्‍याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।”

चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उनले निर्देशन दिए ।

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

उनको अनुसार चिकित्सालयबाट विशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्व कर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

बागमती प्रदेश सरकारको नवीनतम कार्यको रूपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्धवर्द्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ ।

कोभिड-१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरंग सेवा लिँदै आएकाले अन्तरंग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार