असार २२, २०८२ आइतबार July 6, 2025

यूएईबाट धमाधम डिपोर्ट हुँदै नेपाली

६ महिनाको अवधिमा करिब २ हजार ५ सयभन्दा बढी नेपाली देश निकालामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा गैरकानुनी कार्यमा संलग्न हुने नेपाली कामदारलाई यूएई सरकारले धमाधम डिपोर्ट गर्न थालेको छ ।

डिपोर्ट हुनेक्रम बढेपछि अबुधावीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विभिन्न पेसा र व्यवसायमा कार्यरत नेपालीलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार गर्न अनुरोध गरेको छ ।

आफ्नो पेसा र व्यवसायप्रति सधैं इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भई कार्य गर्न दूतावासले अनुरोधसमेत गरेको छ ।

विगत केही समयदेखि नेपालीहरूमा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको भन्दै दूतावासले यसतर्फ समयमै सचेत हुन भनेको छ ।

जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र आवासीय नियमको पालना नगरेकै कारण हालका दिनहरूमा निर्वासन (डिपोर्ट) हुने नेपालीको संख्यामा वृद्धि भएको र यसबाट व्यक्ति स्वयंको शारीरिक, मानसिक र पारिवारिक रूपमा समेत असर पर्ने गरेको छ ।

यूएईमा रहँदा यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप आचरण र व्यवहार गर्न र कानुनी रूपमा निषेध गरिएका क्रियाकलापमा संलग्न नहुन, ट्राफिक नियमको पालना गर्न पनि दूतावासले भनेको छ । आफ्नो इमिरेट्स परिचयपत्र (इमिरेट्स आईडी) सधैं साथमा लिएर हिँड्न पनि दूतावासले भनेको छ ।

दूतावासका अनुसार ६ महिनाको अवधिमा करिब २ हजार ५ सयभन्दा बढी नेपालीलाई देश निकाला गरिसकेको छ भने यूएईका विभिन्न जेलमा ३ सयभन्दा बढीले जेल जीवन बिताइरहेका छन् । जसमध्येख ६ जना नेपालीले आजीवन जेल सजाय भोगिरहेका बताइएको छ ।

साथै, सेवाग्राहीले दूतावाससमक्ष कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्न अनुरोध गरेको छ । यूएईमा विभिन्न पेसामा गरी ६ लाख नेपाली कामदार कार्यरत छन् । – राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार