असार २२, २०८२ आइतबार July 6, 2025

कोटीहोम विवाद सुल्झाउन सर्वपक्षीय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखराको फेवाताल किनार हुन लागेको कोटीहोम महायज्ञ विवाद सुल्झाउन सोमबार सर्वपक्षीय बैठक बसेको छ ।

पोखरा महानगरपालिकाको आह्वानमा न्यूरोडस्थित कार्यालयमा बसेको बैठकका सहभागीहरु पोखरामा कोटीहोमका लागि सकारात्मक बनेका छन् । तर, फेवाताल किनार वाराहीघाटमै हुने भन्ने’boutमा बैठकले निष्कर्ष निकाल्न सकेन ।

बैठकमा सहभागी पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना भन्छन्, ‘हालसम्मका गतिविधि’bout समीक्षा भएको छ । तर, कहाँ गर्ने भन्ने’बारे वैकल्पिक ठाउँको खोजीका लागि समिति बनाएर जाने भन्ने छलफल भयो ।’

साथै, मंगलबार नै पोखरा महानगर नगरकार्यपालिकाको बैठकमा यस’bout म्याडेड लिएर जाने’बारे पनि छलफल भएको उनले जानकारी दिए । छलफलमा सहभागी विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेल चाहिँ पोखरामा कोटीहोम हुनेमा दुईमत नरहेको बताइन् । तर, स्थान विशेष’बारे फेरि छलफल हुने गरी बैठक टुंगिएको उनको भनाइ छ । यज्ञ भने निर्धारित मिति १७ वैशाखमै हुनेछ ।

विवादित धर्मगुरु विजय कृष्णमूति महाराज (विजय भण्डारी) संस्थापक रहेको मानव सेवा फाउण्डेशनले वाराहीघाटमा वैशादेखि कोटीहोम महायज्ञ गर्न लागेको हो । सोको लागि शुक्रबार भूमिपूजनका क्रममा महानगरका नगर प्रहरी र फाउण्डेशन पक्षका गरी २ दर्जन मानिस घाइते भएका थिए ।

पोखरा महानगर कुनै पनि हालतमा यज्ञ रोक्ने पक्षमा रहेकोमा सोमबारको छलफलपछि भने केही लचिलो बनेको छ । उता, फाउण्डेसनका संस्थापक विजय भण्डारी निर्धारित मिति र स्थानमा जसरी पनि कोटीहोम गरेरै छाड्ने अडानमा छन् ।

कोटीहोममा समीधा (दाउरा) का लागि फाउण्डेशनले पोखराका वर्षौ पुराना बर, पीपल, शमी जातका रुख तथा चौतारा नष्ट गरेको आरोप छ । सो विषयले महानगर र फाउण्डेनबीच तिक्तता सुरु हुँदै दुवै पक्ष अदालतसम्म धाएका थिए ।

पोखरा महानगरले पालिकाको स्वीकृतिबिना यज्ञ सञ्चालन गर्न नपाइने चेतावनी दिएपछि आयोजक मानव सेवा फाउण्डेशनले उच्च अदालत पोखरामा दिएको रिटमा कानूनी व्यवस्थाबाहेक अवरोध नपु-याउन अन्तरिम आदेश जारी भएको थियो ।

बैठकमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसमेतको उपस्थिति थियो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार