काठमाण्डाैंः भारतको केरलाको कोझिकोडस्थित विमानस्लमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । उक्त दुर्घटनामा उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ ।
भारतीय सञ्चारमाध्यम एनडीटिभीले दुई पाइलटसहित १६ जनाको मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा घाइते भएका ३४ जनालाई अस्पताल पुर्याइएको छ ।
दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इन्डिया एक्सप्रेसको विमान भारतको दक्षिणी राज्य केरलाको विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले जनाएको छ । दुर्घटना स्थानीय समय अनुसार करिब ७ बजेर ४१ मिनेटमा दुर्घटना भएको भारतीय उडड्यन प्राधिकरणले जनाएको छ ।
एयरलाइन्सका प्रवक्ताका अुनसार अधिकांश यात्रु घाइते भएका छन् । विमानस्थलमा आकस्मिक उद्धारको कार्य जारी रहेको बताइएको छ । दुर्घटनामा के कति क्षति पुग्यो भन्ने यकिन जानकारी आइसकेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान दुई टुक्रा भएको देखिएको छ ।
विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले भनेका छन्, “विमान दुर्घटनाबाट निकै पीडा भएको छ ।” यससँगै गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, विपक्षी दल राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले दु:ख व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया