असार २२, २०८२ आइतबार July 6, 2025

युभेन्टसका प्रशिक्षक बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इटालियन फुटबल लिग बिजेता युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो।

क्लबले शनिबार साँझ आफ्नो वेबसाइटमा सार्रीलाई पदमुक्त गरिएको उल्लेख गर्दै उनले गरेको योगदानका लागि धन्यवाद दिएको छ।

युभेन्टसले शनिबार सबेरै बिहान आफ्नै मैदानमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनमाथि २-१ गोलको जित निकाले पनि त्यो जित अन्तिम ८ मा पुग्न पर्याप्त भएन। पहिले लेगमा १-० गोलको हार व्यहोरेको युभेन्टस् समग्रमा २-२ गोलको नतिजा निकाले पनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो।

सार्रीले यो सिजनको शुरुआतमा युभेन्टसको टीम सम्हालेका थिए। उनको प्रशिक्षणमा क्लबले इटालियन लिग सिरी ए को उपाधि जितेको थियो। इटली फर्कनुअघि सार्रीलाई इंग्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार