असोज १२, २०८३ सोमबार September 28, 2026

युभेन्टसका प्रशिक्षक बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इटालियन फुटबल लिग बिजेता युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो।

क्लबले शनिबार साँझ आफ्नो वेबसाइटमा सार्रीलाई पदमुक्त गरिएको उल्लेख गर्दै उनले गरेको योगदानका लागि धन्यवाद दिएको छ।

युभेन्टसले शनिबार सबेरै बिहान आफ्नै मैदानमा भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनमाथि २-१ गोलको जित निकाले पनि त्यो जित अन्तिम ८ मा पुग्न पर्याप्त भएन। पहिले लेगमा १-० गोलको हार व्यहोरेको युभेन्टस् समग्रमा २-२ गोलको नतिजा निकाले पनि अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो।

सार्रीले यो सिजनको शुरुआतमा युभेन्टसको टीम सम्हालेका थिए। उनको प्रशिक्षणमा क्लबले इटालियन लिग सिरी ए को उपाधि जितेको थियो। इटली फर्कनुअघि सार्रीलाई इंग्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार