बैसाख १७, २०८३ बिहिबार April 30, 2026

मुकेश अम्बानी विश्वको चौथो धनाढ्य ब्यक्ती बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय व्यापारी मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली लक्जरी कम्पनी लुईं विटोँका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् ।

बिलेनियर्स इन्डेक्स अनुसार शुक्रवार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो ।

यस वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ । सोही अवधिमा आर्नल्टको नेटवर्थ २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले अर्बपतिको सूचिमा एलन मस्क, सेर्गे ब्रिन, ल्यारी पेज, वारेन बफेटलगायतलाई उछिनिसकेका छन् ।

अम्बानीले विस्तारै आफ्नो ध्यान ई–कमर्शमा लगाइरहेका छन् । हालैका महीनामा अम्बानीको स्वामित्वमा रहेको व्यापारिक समूह रिलायनस इन्डिष्ट्रिजको डिजिटल व्यवसायमा फेसबुक, सिल्भरलेक, गूगललगायत कम्पनीहरुबाट एक पछि अर्को गर्दै २० अर्ब डलरभन्दा धेरै लगानी भित्रिएपछि रिलायन्सको शेयर मूल्य आकाशिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार