असार २३, २०८२ सोमबार July 7, 2025

मुकेश अम्बानी विश्वको चौथो धनाढ्य ब्यक्ती बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय व्यापारी मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली लक्जरी कम्पनी लुईं विटोँका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् ।

बिलेनियर्स इन्डेक्स अनुसार शुक्रवार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो ।

यस वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ । सोही अवधिमा आर्नल्टको नेटवर्थ २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले अर्बपतिको सूचिमा एलन मस्क, सेर्गे ब्रिन, ल्यारी पेज, वारेन बफेटलगायतलाई उछिनिसकेका छन् ।

अम्बानीले विस्तारै आफ्नो ध्यान ई–कमर्शमा लगाइरहेका छन् । हालैका महीनामा अम्बानीको स्वामित्वमा रहेको व्यापारिक समूह रिलायनस इन्डिष्ट्रिजको डिजिटल व्यवसायमा फेसबुक, सिल्भरलेक, गूगललगायत कम्पनीहरुबाट एक पछि अर्को गर्दै २० अर्ब डलरभन्दा धेरै लगानी भित्रिएपछि रिलायन्सको शेयर मूल्य आकाशिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया